अनुसूची
दफा ५४ सँग सम्बन्धित) सङ्घीय संसद र प्रदेश सभाका सदस्यको मतभार

१. सङ्घीय संसदका सदस्यको मतभारः-

( कुल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार) ÷ सङ्घीय संसदका सदस्यको कुल सङ्ख्या ) ÷ १०००

उदाहरणार्थ: संवत्२०६८ को जनगणना अनुसारको कुल जनसङ्ख्याको आधारमा

( २,६४,९४,५०४ ÷ ३३४) ÷ १०००

कायम हुने मतभार: ७९

२. प्रदेश सभाका सदस्यको मतभारः-

( कुल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार) ÷ प्रदेश सभा सदस्यको कुल  सङ्ख्या)÷ १०००

उदाहरणार्थ: संवत् २०६८ को जनगणना अनुसारको कुल जनसङ्ख्याको आधारमा

( २,६४,९४,५०४ ÷ ५५० ) ÷ १०००

कायम हुने मतभार: ४८